निशुल्क जापनिज भाषा कक्षा सञ्चालन हुँदै
पाेखरा | मंसिर २५, २०८०
पोखरा: नेपाल–जापान मैत्री संघले पोखरामा पुषको पहिलो साताबाट निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्ने भएको छ ।
पोखरामा नेपाल–जापान मैत्री संघले जापनिज भाषा तथा संस्कृति सिक्ने इच्छुक विद्यार्थी तथा व्यवसायीहरुलाई मध्यनजर गर्दै निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको हो ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोक (पोखरा मल)मा कार्यालय रहेको नेपाल–जापान मैत्री संघले (एन फाइभ) निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको संघले जनाएको छ ।
नेपाल–जापान मैत्री संघले विशेष गरी विद्यार्थी भिषा तथा रोजगारीमा जापान जाने र नेपालमा व्यवसाय गर्नेहरुको लागि जापनिज भाषा कक्षा सम्बन्धी छात्रवृत्ति प्रदान गर्न लागेको हो । जापनिज भाषा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा व्यक्तिले संघको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।
नेपाल र जापानको भाषा, कलासंस्कृति आदानप्रदानसँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको संघले पोखरामा पहिलो पटक निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको बताइएको छ । संघले थप जानकारीका लागि ०६१५८८८६० मा सम्पर्क गर्न सकिने जनाएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

